शुक्रबार, माघ १०, २०७६
    बिदेश

    अमेरिका र उत्तर कोरियाको वार्ता नयाँ चरणमा हुने

    मंगलवार, २९ पौष २०७६, आहाखबर

    एजेन्सी, २९ पुस

    उत्तर कोरिया र अमेरिकाबीच वार्ता प्रक्रिया अघि बढ्न नसक्दा दक्षिण कोरियाली नेताले उनीहरुको सम्बन्धबारे निराश हुनुपर्ने अवस्था नआएको बताएका छन् ।

    दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनले उत्तर कोरिया र अमेरिकाको सम्बन्ध बारे आशावादी हुनुपर्ने अभिव्यक्ति दिएका हुन् । साथै दुई देशबीच नयाँ चरणमा संवाद हुने बताएका छन् । मुन तिनै नेता हुन्, जसले वासिङ्टनबाट डोनल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई पठाएको ‘बर्थडे म्यासेज’ सुनाएका थिए ।

    हालै उनले ती दुई देशको सम्बन्ध सुध्रनेमा आशा व्यक्त गरेका हुन् । साथै आफूले पहल गर्ने पनि उनको भनाइ थियो । मुनको पहलमा ट्रम्प र किमको पहिलो वार्ता सम्भव भएको थियो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast