शुक्रबार, माघ १०, २०७६
    राज्य-समाज

    ज्यान र हतियार खरखजाना मुद्दामा पक्राउ

    मंगलवार, २९ पौष २०७६, आहाखबर

    लहान, २९ पुस

    कर्तव्य ज्यान र हातहतियार खरखजाना मुद्दामा अदालतबाट १३ वर्षको कैद सजाय पाएर फरार एकसहित तीन जनालाई सिरहा प्रहरीले पक्राउ गरेको छ ।  कर्तव्य ज्यान मुद्दामा १० वर्ष र हातहतियार खरखजाना मुद्दामा तीन वर्ष कैद तथा रु एक लाख जरिवाना सजाय पाएका सिरहा, कल्याणपुर नगरपालिका ८ निवासी ३५ वर्षीय मोहम्मदहसिद राइन साहजीलाई सोमबार साँझ प्रहरीले करीब चार वर्षपछि पक्राउ गरेको हो ।

    जिल्ला अदालत सिरहाले कर्तव्य ज्यान मुद्दामा गत २०७१ असोज २ गते साहजीलाई १० वर्ष कैद र हातहतियार खरखजना मुद्दामा विसं २०७२ चैत ८ गते तीन वर्ष कैद तथा रु एक लाख जरिवानाको फैसला गरेको थियो । अदालतको फैसला लगत्तै  फरार भएका साहजीलाई इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिनुभयो । 

    यस्तै प्रतिबन्धित लागुऔषध गाँजासहित इलाका प्रहरी कार्यालय मिर्चैयाले मिर्चैया नगरपालिका २ निवासी ५५ वर्षीय राशलाल मण्डललाई पक्राउ गरेको छ ।  अभियुक्त मण्डलका साथबाट १६० ग्राम लागुऔषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ । त्यस्तै नेपालबाट भारततर्फ अवैध रुपमा तस्करी गरिरहेको भैैंसीसहित प्रहरीले सिरहा– २० दशगज्जास्थित लगडीगदियानीबाट एक भारतीयलाई पक्राउ गरेको छ । 

    यसैगरी प्रहरी चौकी लकडीगदियानीबाट खटिएको गस्ती टोलीले भारततर्फ लैजाँदै गरेको चार भैंसीसहित भारतको खजुरी पञ्चायत ४ निवासी ४० वर्षीय अबुल कलामलाई पक्राउ गरेको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast