आईतवार, माघ १२, २०७६
    कला-सौन्दर्य

    ओस्कारको लागि मनोनयन सार्वजनिक, जोकरकाे वर्चस्व

    मंगलवार, २९ पौष २०७६, आहाखबर

    काठमाडौँ, २९ पुस

    ९२ औं एकेडेमी अवार्ड ( ‌ओस्कार) को लागि मनोनयन सार्वजनिक गरिएको छ । सन् २०२० को  ‌ओस्कारको लागि मनोनयनमा परेका फिल्म र कलाकारको नाम सार्वजनिक गरिएको हो । 

    यसपटक सबैभन्दा बढी डार्क कमिक ड्रामा ‘जोकर’ ११ वटा विधामा मनोनयनमा परेको छ । यस वर्ष सर्वोत्कृष्ट फिल्म अन्तर्गत ‘फोर्ड भर्सेस फरारी’, ‘द आइरिसम्यान’, ‘जोजो र्‍याबिट’, ‘जोकर’, ‘लिटिल वमन’, ‘वान्स अपअन अ टाइम… इन हलिउड’, ‘म्यारिज स्टोरी’, ‘पारासाइट’ र ‘१९१७’ फिल्महरू मनोनयनमा परेका छन् ।

    सर्वोत्कृष्ट नायकमा एन्टोनियो बान्ड्रेस, लियोनार्दो डिकाप्रियो, एडम ड्राइभर, जोक्वीन फोनिक्स र जोनाथन प्रेस मनोनयनमा परेका छन् । 

    त्यस्तै सर्वोत्कृष्ट नायिकामा सिन्थीया इर्भो, स्कारलेट जोहनसन, साओइर्स रोनान, रिने जेलवेगर र चार्लिज थेरोन मनोनयनमा परेका छन् । त्यस्तै सर्वोत्कृष्ट निर्देशकमा मार्टिन स्कोरसेज, क्वेनटेन तारान्तीनो, बोङ्ग जुनहो, साम मेन्डस र टोड फिलिप्स मनोनयनमा परेका छन् ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast