शुक्रबार, माघ १०, २०७६
    आर्थिक खबर

    फेरि घट्यो सुनको भाउँ, कति छ आजको बजार भाउ ?

    मंगलवार, २९ पौष २०७६, आहाखबर

    काठमाडौं, २९ पुस । पछिल्लो समय लगातार बढेर नयाँ मूल्य कायम गरेको सुन केहि दिन देखि निरन्तर ओरालो लाग्ने क्रम जारी छ । 

    सोमबार दुई सयले बढेको सुन मंगलबार एकैपटक आठ सयले घटेको छ । हिजो सोमबार प्रतितोला ७४ हजार ८ सयमा कारोबार भएको छापावाला सुन आज तोलामा ७४ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    तेजावी सुन आज तोलामा ८ सय रुपैयाँले घटेर ७३ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर प्रतितोला ८८० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

    मंगलबार चाँदीको मूल्यपनि प्रतितोला १० रुपैयाँले घटेर ८ सय ८० रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ ८ सय ९० रुपैयाँमा कारोबार भएको सुन–चाँदी व्यवसायी महासंघले बताएको छ । छोटो समयमा अत्याधिक बढेको सुुनको भाउ केही तल झर्नेक्रममा रहेको हो । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast