आईतवार, जेष्ठ १८, २०७७
    ब्राण्ड/संगठन

    शाओमीले विश्वमै पहिलो १६ जीवी र्‍यामवाला मोबाइल सार्वजनिक गर्दै

    मंगलवार, २९ पौष २०७६, आहाखबर

    काठमाडौं, २९ पुस । पछिल्लो समय स्मार्टफोनको विश्व बजारमा नयाँ नयाँ फिचरसहितका स्मार्ट फोन सार्वजनिक गर्ने प्रतिस्प्रधा नै देखिएको छ । 

    विश्वमै पहिलो पटक १६ जीवी र्‍याम (16GB Ram) वाला मोबाइल फोन सार्वजनिक हुने भएको छ ।

    चिनिया कम्पनी शाओमीले आफ्नो ब्ल्याक शार्क सिरिज स्मार्टफोन बजारमा उतार्ने फैसला गरिसकेको छ । तर, यो केवल फाइभ जी (5G) कनेक्टिभिटीको लागि मात्रै फाइदाजनक छ ।

    यति धेरै यामवाला स्मार्टफोनले अन्य फोनहरुको तुलनामा धेरै विक्री हुने आँकलन गरिएको छ । विशेषगरी ५ जी नेटवर्क र नयाँ ग्राफिक्स वाला गेम्सको शौखिनहरुको लागि यस स्मार्टफोन वरदान सावित हुने कम्पनीको दाबी छ ।

    कम्पनीका अनुसार ब्ल्याक शार्क  क्वालकम स्न्यापड्रागन ८५५ प्लस चिपसेटबाट लैस हुनेछ । कम्पनीले यति धेरै इन्टरनल मेमोरी गेम खेल्नेवाला युजर्सको लागि वरदान सावित हुने दाबी गरेको छ ।

    यस नयाँ शार्क को मूल्य पनि ठूलै हुने आँकलन गरिएको छ । चिनिया वेबसाइटका अनुसार यस नयाँ स्मार्टफोन अन्या फोनहरुको तुलनामा धेरै महंगो पर्न जानेछ । सुरु यस स्मार्टफोनलाई फाइभ जी (5G) र फोर जी (4G) लेवलको फोनमा उपलब्ध गरिनेछ, तर यसको आधिकारिक बजार मूल्य जानकारी गराइएको छैन ।

    चिनिया वेबसाइटमा उपलब्ध जानकारी अनुसार ब्ल्याक शार्क लाई निकै पावरफुल बनाउने प्रयास गरिएको छ । यस फोनमा को ब्याट्रि लगाइनेछ । साथै फास्ट चार्जिङको लागि टेकसम्मको प्रयोग गरिएको छ ।

     

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast