आईतवार, माघ १२, २०७६
    खेल संसार

    बार्सिलोनाकाे प्रशिक्षकबाट एर्नेस्तो भाल्भेर्दे बर्खास्त, कसले पाए जिम्मेवारी ?

    मंगलवार, २९ पौष २०७६, आहाखबर

    काठमाडाैं, २९ पुस । स्पेनिस क्लब बार्सिलोनाकाे प्रशिक्षकबाट एर्नेस्तो भाल्भेर्दे बर्खास्त भएका छन् । बार्सिलोनाले ५५ वर्षिय भाल्भेर्देलाई बर्खास्त गरेर रियल बेटिसका पूर्व प्रशिक्षक किके शेतिएनलाई प्रशिक्षकको जिम्मेवारी सुम्पिएको हाे ।

    लगातार दुई सिजन ला लिगाको उपाधि दिलाएका भाल्भेर्देको प्रशिक्षणमा बार्सिलोना यो सिजन गोल अन्तरका आधारमा अघि रहँदै आएको छ ।

    तर यो सिजन बार्सिलोनाले लगातार जस्तो अप्रत्यासित हार या बराबरीको नतिजा निकाल्दै आएको छ । भाल्भेर्देको प्रशिक्षणमा बार्सिलोना च्याम्पियन्स लिग फुटबलको फाइनलमा भने पुग्न सकेको थिएन ।

    ६१ वर्षका किके शेतिएनले बार्सिलोनासँग साढे दुई वर्षको सम्झौता गरेका हुन् । उनलाई मंगलबार दिउँसो बार्सिलोनाले सार्वजनिक रुपमा प्रस्तुत गर्ने छ ।

    भाल्भेर्देसँग उनको सम्झौता अन्त्य गर्ने सहमति भएको र किकेलाई प्रशिक्षक नियुक्त गरिएको बार्सिलोनाले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast