शनिबार, आषाढ २०, २०७७
    सावधान

    नक्कली प्रहरी बनेर ठगी गर्ने पक्राउ

    सोमबार, २८ पौष २०७६, आहाखबर

    भद्रपुर, २८ पुस

    झापाको बाह्रदशी गाउँपालिकाबाट नक्कली प्रहरी बनेर स्थानीय व्यापारीलाई ठगी गर्ने दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउपर्नेमा बाह्रदशी गाउँपालिका–३ स्थित राजगढ बजारमा व्यापार गर्दै आएका वडा नं ४ चकचकी बस्ने व्यापारी अरफाक आलामलाई ठग्ने गौरीगञ्ज गाउँपालिका–१ का २८ वर्षीय पर्शुराम महत्तो र सोही गाउँपालिका–३ बस्ने २० वर्षीय जीवनदास रहेका छन् । 

    उनीहरुले आलामलाई आफूहरु प्रदेश नं–१ प्रहरी कार्यालय विराटनगरका ‘सिआइवी’ प्रहरी भएको भन्दै आज दिउँसो १२ः०० बजे रु सात हजार लुटेका थिए । आलामले तत्काल शङ्का लागि इलाका प्रहरी कार्यालय राजगढमा खबर गर्नुभएको थियो । खबर पाउने वित्तिकै तत्काल खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय ल्याएको जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले घटनाबारे थप अनुसन्धान भइरहेको बताउनुभयो । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast