आईतवार, माघ १२, २०७६
    कला-सौन्दर्य

    दीपकराजतर्फ इङ्गित गर्दै संचारमन्त्री बाँस्कोटाले भने–‘फिल्म ‘६’ले होइन, क्रियशनले चल्छ’

    सोमबार, २८ पौष २०७६, आहाखबर

    काठमाडौँ, २८ पुस

    भाग्य भनेर चलचित्र चलाउनेहरुमाथि व्यङ्ग गर्दै सुचना तथा संचार प्रविधी मन्त्री गोकुल बाँस्कोटाले चलचित्र भाग्यले नभएर सृजनाले चलाउनु पर्ने बताएका छन् । 

    चलचित्र संघको साधारण सभामा उपस्थित उनले चलचित्रकर्मीलाई यस्तो सुझाव दिए । निर्माता तथा कलाकार दीपकराज गिरीतर्फ देखाउँदै उनले भने–‘दीपकराज गिरीको चलचित्रले करोडौ कमायो रे । फेरि उहाँहरुले चलचित्रको नाम ‘६’ भन्दा बाहिर गएर राख्नु हुन्न रहेछ । ‘६’ उहाँहरुको भाग्य रे । भाग्यले मात्र चलचित्र चल्दैन नि त । चलचित्र त क्रियशनले चल्ने हो ।’

    दीपकराज गिरीले चलचित्रबाट गर्ने आम्दानीलाई उनले राम्रो कमाइको दर्जा दिएका छन् । उनले थपे–‘उहाँहरुले राम्रै कमाई गर्नु भएको छ । तर, त्यो पैसा भाग्यले मात्र कमाएको होइन । मलाई लाग्छ, उहाँहरुको क्रियशन राम्रो थियो त्यसैले चलचित्र चलेको होला ।’

    चलचित्र क्षेत्रले आफू जस्तो मन्त्री पाउनु गर्वको कुरा भएको पनि उनले भनेका छन् । ‘म जस्तो मन्त्री पाउनु चलचित्र क्षेत्रको लागि खुसीको कुरा हो । मैले त चलचित्र क्षेत्रमा धेरै चासो राखिरहेको हुन्छु । यसको विषयमा बोलिरहेको हुन्छु । अन्य मन्त्रीहरुले त यसरी चासो दिएको पत्तो छैन्’, उनले भने ।

    तर, चलचित्र क्षेत्रले आफूलाई खासै चासो नदिने उनले गुनासो गरे । उनी भन्छन्–‘मलाई आजसम्म २ जना चलचित्रकर्मीले मात्र चलचित्र हेर्न बोलाउनु भएको छ । वर्षमा कतिवटा चलचित्र रिलिज हुन्छन् ? त्यसमा मलाई चलचित्र हेर्न बोलाउने दुई जना मात्र हुनुहुन्छ ।’ आगामी दिनमा चलचित्र क्षेत्रको लागि र चलचित्रकर्मीको लागि राम्रो काम गर्ने र राम्रो कानुनी व्यवस्था मिलाउने पनि उनले विश्वास दिलाएका छन् ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast