मंगलवार, फागुन ६, २०७६
    सावधान

    फरार अभियुक्तलाई गोली हानेर पक्राउ

    आईतवार, २७ पौष २०७६, आहाखबर
    काठमाडौँ, २७ पुस
     
    प्रहरीले गोली हानेर फरार अभियुक्त विष्णु लामा पक्राउ गरेको छ । महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले नियन्त्रणमा लिन गएको प्रहरीलाई आक्रमण गर्न खोजेपछि घुँडामुनि गोली हानेर लामालाई पक्राउ गरिएको राससलाई जानकारी दिनुभयो । 
     
    उनी कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त भएको प्रहरीले जनाएको छ । उहाँका अनुसार लामाको घुँडामुनि गोली लागेको छ । विशेष सुराकीका आधारमा उनी बौद्धको जम्बुडाँडामा आएको थाहा पाएपछि खोजीका लागि खटिएको महानगरीय प्रहरीवृत्त बौद्धको टोलीले उनलाई गोली हानेर नियन्त्रणमा लिएको हो । उनको अहिले वीर अस्पतालमा उपचार भइरहेको छ ।  
     
    लामा गत वर्ष माघमा काठमाडौँको जोरपाटीमा १७ महिनाको बच्चाको हत्या गरेको र गत भदौमा काठमाडौँ मेडिकल कलेजका विद्यार्थीलाई खुकुरी प्रहार गरी भागेको मुद्दाका आरोपी हुन् । 
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast