मंगलवार, फागुन ६, २०७६
    सावधान

    प्रहरी हवल्दारद्वारा आफ्नै कञ्चटमा गोली प्रहार गरी आत्महत्या

    आईतवार, २७ पौष २०७६, आहाखबर

    जाजरकोट, २७ पुस 

    नलगाड नगरपालिका वडा नं ७ स्थित इलाका प्रहरी कार्यालय  दल्लीमा कार्यरत प्रहरी हबल्दार भोजबहादुर कठायतको मृत्यु भएको छ । 

    बाजुरा जिल्ला घर भई चारमहिनादेखि सो कार्यालयमा कार्यरत ३५ वर्षीय कठायतले आफैलाई कन्चटमा गोली हान्दा आज बिहान मृत्युभएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिनुभयो । उहाँले घटनाका बारेमा छानविन गर्न टोली परिचालन भएको बताउनुभयो । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast