सोमबार, फागुन १२, २०७६
    खेल संसार

    विराट काेहली, हार्दिक पाण्ड्या र रशिद खानभन्दा अगाडि पारस खड्का !

    शनिबार, २६ पौष २०७६, आहाखबर

    काठमाडौँ, २६ पुस

    अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसी को टी-२० को नयाँ वरीयतामा नेपालका ४ खेलाडी परेका छन् । नयाँ वरीयतामा पर्नेहरुमा पूर्व कप्तान पारस खड्का, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने रहेका छन् ।

    अलराउण्डरतर्फ पारस २५ औँ स्थानमा यथावत रहेका छन् । उनी अफगानिस्तानका राशिद खान, भारतका हार्दिक पाण्डया, दक्षिण अफ्रिकाका क्रिस मोरिसभन्दा अघि रहेका छन् ।

    यस्तै अलराउण्डरतर्फ करण ७४ औँ स्थानबाट ७५ औँ स्थानमा झरेका छन् । सोमपाल कामी ६८ औँ स्थानमा पुगेका छन ।

    ब्याटिङतर्फ पारस ६० औँ स्थानमा यथावत रहेका छन् । बलिङको वरीयतामा सन्दीप ८४ औँ स्थानमा यथावत छन् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast