मंगलवार, फागुन ६, २०७६
    सावधान

    दिलिप महतो हत्या प्रकरण : आरोपी क्रसर व्यवसायी विपिन महतो पक्राउ

    शनिबार, २६ पौष २०७६, आहाखबर

    जनकपुर, २६ पुस । दिलिप महतोको मृत्यु प्रकरणका आरोपी क्रसर व्यवसायी विपिन महतो पक्राउ परेका छन् । 

    अवैध उत्खनन् मार्फत नदीजन्य वस्तु तस्करीको विरोध गर्दै आएका दिलिप महतोको मृत्युको विषयमा अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो ।  मिल्स एरियास्थित ससुराली घरबाट शनिबार बिहान उनलाई पक्राउ गरिएको धनुषाका प्रहरीले जनाएको छ ।

    परिवारका सदस्यका अनुसार क्रसर व्यवसायी विपिन महतोले तीन दिन अगाडि दिलिपलाई हत्या गर्ने धम्की दिएका थिए । धनुषाको मिथिला नगरपालिका–५ स्थित औरही खोलामा जथाभावी तरिकाले उत्खनन गरी बालुवा, गिट्टी झिकिरहेको कार्यलाई रोक्न खोज्दा शुक्रबार टिपरले किचेर दिलिपको हत्या गरिएको थियो ।

    महतो शुक्रबार बिहान ४ बजे उत्खनन नगर्न आग्रह गर्दै खोलामा पुगेका थिए । त्यहीँ उनीमाथि ना ७ ख ६४१३ नम्बरको टिपरले आक्रमण गरेको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

     

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast