बिहिवार, चैत्र २०, २०७६
    मुभी-थिएटर

    आखिर आयुष्मान खुरानाले किन गरे इम्तियाज अलीको फिल्म रिजेक्ट

    शनिबार, २६ पौष २०७६, आहाखबर

    मुम्बई, २६ पुस । बलिउडका चर्चित अभिनेता आयुष्मान खुरानाले निर्देशक इम्तियाज अलीको फिल्म रिजेक्ट गरेका छन् । 

    भारतिय मिडिया रिपोर्ट अनुसार इम्तियाजले अमर सिंहको भूमिकाका लागि आयुष्मान खुरानासँग सम्पर्क गरेका थिए । तर आयुष्मानले उनको अफर रिजेक्ट गरेका हुन् ।

    एक महिना पहिले नै इम्तियाजले स्क्रिप्ट लिएर आयुष्मानलाई सम्पर्क गरेका थिए । तर, आयुष्मान आफ्ना आगामी फिल्महरु गुलाबो सीताबो र शुभ मंगल ज्यादा सावधानमा काम गरेपछि ४ महिनाको ब्रेक लिने योजना बनाएको कारणले फिल्म रिजेक्ट गरेका हुन् ।

    आयुष्मान खुराना पछिल्लो समय निकै चर्चामा रहेका छन् । सन् २०१९ उनको लागि सफल वर्ष रह्यो । उनका फिल्महरुले बक्स अफिसमा तहल्का मच्चाएको थियो ।

    यता बलिउड निर्देशक इम्तियाज अली जसले लभ आज कल रकस्टार जस्ता फिल्महरु निर्देशन गरेका थिए । उनले पञ्जाबी लोक गायक अमर सिंह चमकिलामा आधारित भएर फिल्म निर्माण गर्ने सोँच बनाएका छन् ।

     

     

     

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast