शनिबार, फागुन १०, २०७६
    बिदेश

    ट्रम्पको चेतावनी : इरानसँग अब कहिल्यै आणविक हतियार हुँदैन

    शुक्रबार, २५ पौष २०७६, आहाखबर

    वासिङ्टन, २५ पुस

    अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँग अब कहिल्यै आणविक हतियार नहुने जिकिर गरेका छन् ।

    बिहीबार ट्रम्पले यस्तो दावी गरेका हुन् । तेहरान अमेरिकी प्रतिबन्धको पीडा भोगिरहेको पनि उनले बताए । ‘इरान अहिले गडबड छ । उनीहरु आफ्नो मुलुकको अर्थतन्त्र छिटो भन्दा छिटो सुधार्न सक्छन् । हेरौँ, उनीहरु सम्झौता गर्छन् कि गर्दैनन् !,’ ट्रम्पले ह्वाइट हाउसको एक कार्यक्रममाझ भनेका हुन् ।

    इरानले मिसाइल आक्रमण गरेपछि उसमाथि अमेरिकाले नयाँ प्रतिबन्ध लगाएको हो । इरानी टेलिभिजनले भने कमाण्डर कुसाम सुलेमानीको हत्याको बदलाको रुपमा आक्रमण गरिएको जनाएका छन् ।

    ‘इरानसँग आणविक हतियार कहिल्यै हुनेछैन । उनीहरुले त्यो बुझेका छन् । हामीले उनीहरुलाई कडा रुपमा भनिसकेका छौँ,’ ट्रम्पले भने ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast