सोमबार, फागुन १२, २०७६
    खेल संसार

    त्रिदेशीय श‍ृङ्‍खलाका लागि क्रिकेट टिमको प्रारम्भिक छनोट

    शुक्रबार, २५ पौष २०७६, आहाखबर

    काठमाडौँ, २५ पुस

    अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को कार्यक्रमअनुसार अर्को महिनाको अन्त्यमा नेपालमा हुने आइसिसी विश्व क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय श‍ृङ्‍खलाका लागि नेपाली टोलीको प्रारम्भिक छनोट गरिएको छ।

    आइसिसीबाट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त देशहरू अमेरिका र ओमानसमेतको सहभागितामा काठमाडौंमा माघ २२ देखि २९ सम्म हुने प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार २४ खेलाडीको प्रारम्भिक छनोट गरेको हो।

    क्यानका महासचिव अशोकनाथ प्याकुर्‍यालले पहिलो चरणको बन्द प्रशिक्षण शिविरमा राख्नका लागि खेलाडी छनोट गरिएको जानकारी दिए।

    छनोट गरिएका खेलाडीमा राष्ट्रिय टोलीका नियमित कप्तान ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, मोहम्मद आरिफ शेख, अविनाश बोहरा, विनोद भण्डारी, करण केसी, कुशल भुर्तेल, ललितनारायण राजवंशी, पारस खड्का, पवन सर्राफ, कमलसिंह ऐरी, रोहितकुमार पौडेल, सोमपाल कामी र सन्दीप जोरा छन्।

    यसैगरी सुशन भारी, सरद भेषावकर, सन्दीप लामिछाने, सुभाष खकुरेल, सुनिल धमला, कुशल मल्ल, वशन्त रेग्मी, किशोर महतो, लोकेश बम र सुमित महर्जन पनि पहिलो चरणको छनोटमा पर्न सफल भएका छन्।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast