शनिबार, फागुन १०, २०७६
    यातायात

    दुई दिन जोरपाटी–सुन्दरीजल सडक खण्डमा सवारीसाधन चलाउन रोक

    शुक्रबार, २५ पौष २०७६, आहाखबर

    काठमाडौँ, २५ पुस

    दुई दिन गोकर्णेश्वर नगरपालिकाले जोरपाटी–सुन्दरीजल सडक खण्डमा  सवारीसाधन चल्नमा रोक लगाएको छ । नगरपालिकाले सडक निर्माणका लागि रेखांकनको काम हुने भएकाले (आज) शुक्रबार र शनिबार सवारी चलाउन नपाइने भएको हो ।  

    गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता मनोज ढुंगानाले जोरपाटी–सुन्दरीजल सडक निर्माणका लागि सडक रेखांकनको काम गर्नुपर्ने भएकाले सवारीसाधन चलाउन रोक लगाइएको बताए । ‘सडक रेखांकनको काम गर्नुपर्ने भएकाले  शुक्रबार र शनिबार दुई दिन सवारीसाधन नचलाउन भनेका छौँ,’उनले भने,‘सडक साँघुरा भएकाले माटो खन्दा सडक ढाकिन्छ। सवारी छिर्ने बाटो हुँदैन। त्यसैले रोक लगाएका हौँ ।’ 

    उनका अनुसार अहिले गोकर्ण क्षेत्रको सडक खन्ने काम भइरहेको छ ।  भौतिक पूर्वाधार तथा यायातायात मन्त्रालय र गोकर्णेश्वर नगरपालिकासँग भएको सम्झौताअनुसार सार्वजनिक जग्गा भएकोमा २२ मिटर चौडा सडक गर्ने र व्यक्तिगत जग्गा भएको ठाउँमा भने १४ मिटर सडक चौडा गर्नुपर्ने छ । 

    नगरपालिकाले मंसिर महिनाबाट सडक रेखांकनका लागि घर टहरा हटाउने,घरका पेटी भत्काउने काम सुरु गरेको थियो ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast