आईतवार, जेष्ठ १८, २०७७
    ब्राण्ड/संगठन

    नेपाल भित्रिदै ‘एफ के एम’ बाइक, कति पर्छ मूल्य ?

    शुक्रबार, २५ पौष २०७६, आहाखबर

    काठमाडौं, २५ पुस । नेपाली बजारमा नयाँ डिजाइन र लुक्ससँगै ‘एफ के एम’  मोटरसाइकल भित्रिने भएको छ । अभाष टेड एन्ड सप्लायस प्रालिले ‘एफ के एम’  नेपालमा फागुन भित्र सार्वजनिक गर्ने तयारी गरेको हो ।

    कम्पनीले तीन नयाँ ब्राण्डका बाइक नेपाली बजारमा ल्याउने भएको छ । जसमा एफकेएम स्ट्रिट फाइटर, एफकेएम स्क्लेम्बर र एफकेएम मिनि स्क्लेम्बर रहेकमा छन् ।

    एफकेएम स्ट्रीट फाइटर युवा वर्गको रोजाइमा पर्ने कम्पनीले जनाएको छ । एग्रेसिभ लुक्स र डिजाइनमा नेपाली बजारमा आउँदै स्ट्रीट बाइक १५० सीसी, १६५ सीसी र २०० सीसी गरी तीन भेरियन्टमा सार्वजनिक हुँदै छ । यी भेरियन्टका बाइकले क्रमश् १२.७ एचपिमा ७५०० आरएमपी, १२.३ एनएममा ५५० आपीएमर १५ एचपीमा ८००० आरपीएम पावर जेनेरेट गर्छन् । 

    १५० सीसी, १६५ सीसी दुबै भेरियन्टका बाइक भने एयरकुल एफआई इन्जिनमा आउँदै छन् । कम्बाइन्ड् ब्रेकिङ् सिस्टम फिचरका साथ नेपाल भित्रन लागेको यो बाइकमा एलइडी स्पीड मोटर जडान छ ।

    एलइडी स्पीड मोटर भएको यो बाइकमा स्मार्टफोन कनेन्ट गरेर एप समेत खोल्न सकिन्छ । एफकेएम स्ट्रीट फाइटर बाइक ३ लाख ५० हजार देखि चार लाख ५० हजार पर्ने अनुमान गरीएको छ ।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast