बिहिवार, चैत्र २०, २०७६
    बैंक-बीमा

    बैंकहरूबीच आकर्षक योजनासहित निक्षेप संकलनकाे हाेडबाजी

    शुक्रबार, २५ पौष २०७६, आहाखबर

    काठमाडौं, २५ पुस । बैंकहरूबीच निक्षेप संकलनमा प्रतिस्प्रधा बढ्दै गएकाे छ ।बैंकहरुले आकर्षक योजना सहित निक्षेप संकलनमा नयाँ योजना सार्वजनिक गर्न थालेका हुन् ।

    बैंकहरुमा लगानीयोग्य रकम 'तरलता' को अभाव भएपछि यस्तो योजना ल्याउन उनीहरु बाध्य भएका हुन् ।

    मेगा बैंकले साढे ६ प्रतिशत बचत ब्याजदरमा १७ वटा सुविधा र १० लाखसम्मको दुर्घटना बीमा योजना ल्याएको छ । बैंकले ल्याएको योजनामा मोबाइल बैंकिड र डेबिट कार्ड निशुल्क रुपमा जारी गरिने छ भने क्रेडिट कार्ड जारी गर्द ५० प्रतिशत छुटको व्यवस्था गरेको छ । मेगा माया बचत खाता नाम दिइएको ३ लाख रुपैयाँसम्मको प्राणधातक रोगहरुको बीमा र एक लाख रुपैयाँसम्मको स्वस्थ्य बीमाको व्यवस्था गरेको छ ।

    यसैगरी, सेन्चुरी बैंकले ६.५ प्रतिशत ब्याज दिने गरी सेन्चुरी सेभिड। प्लस खाता योजना ल्याएको छ । यस बैंकले पनि बिमा सुविधा तथा जुनसुकै एटिएमबाट रकम झिक्दा पनि पैसा नलाग्ने लगायतका सुविधा योजना ल्याएको छ । 


    यस्तो बेलामा बैंकका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० देखि सामान्य कर्मचारी र बैंक सञ्चालकसम्म निक्षेप संकलन कसरी गर्ने भन्ने चिन्तामा छन् । लगानीयोग्य रकमको अभावका कारण बैंकको व्यापार व्यवसाय नै खुम्चिने अबस्था आएको छ । बैंकहरुबीच निक्षेप संकलनमा प्रतिस्पर्धा नै चलेको छ । 

    एक बैंकले भन्दा अर्को बैंकले आकर्षक योजना ल्याएर  निक्षेप संकलनलाई तिब्रता दिन थालेका छन् । बैंकले त्यसरी संकलन गरेको रकम उच्च ब्याजदरमा लगाउने गर्छन् । पछिल्लो समय त्यसरी निक्षेप संकलन गर्न नसकेपछि बैंकहरुले विदेशी वित्तीय संस्थाबाट ऋण लिएर स्वदेशमा ऋण प्रवाह गर्न थालेका छन् ।

    नेपाल राष्ट्र बैंकले विदेशी ऋण ल्याउनका लागि सुरुमा नीतिगत रुपमा बाटो खोली दिएपछि बैंकले विदेशबाट ऋण लिन थालेका हुन् । स्वदेशमा लगानी गर्ने पैसा नभएपछि विदेशबाट पैसा ल्याएर ऋण लगानी गर्न बैंकहरु तम्सेका हुन् । 

    एनएमबी बैंकले विदेशबाट करिब ५ अर्ब रुपैयाँ भित्र्याइसकेको छ । उसले करिब ९ प्रतिशतको हाराहारीमा विदेशी वित्तीय संस्थाबाट ऋण लिइरहेको छ । अन्य बैंकसँगै विदेशी साझेदारीमा सञ्चालित बैंकहरुले पनि विदेशबाट ऋण लिने तयारी गरेका छन् । भारती बैंकको साझेदारीमा खुलेका एसबिआइ र एभरेष्टले पनि साझेदार बैंकबाट ऋण लिने तयारी गर्दैछन् । 

    हाल सञ्चालनमा रहेका २७ वाणिज्य बैंक मध्ये धेरैले विदेशी बैंकसँग ऋणका लागि प्रक्रिया शुरु गरेका छन् । आन्तरिक स्रोतबाट मात्रै नेपालको ऋणको माग धान्न अपुग भएपछि राष्ट्र बैंकले विदेशबाट पैसा ल्याउने बाटो खोली दिएको थियो । त्यही बाटो प्रयोग गरेर बैंकहरुले ऋण लिन थालेका हुन् ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast