सोमबार, फागुन १२, २०७६
    खेल संसार

    संकटाको सानदार जित, एपीएफ ४-२ गोलले पराजित

    बिहिवार, २४ पौष २०७६, आहाखबर

    काठमाडौँ, २४ पुस

    संकटा क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सानदार जित निकालेको छ । बिहीबार भएको खेलमा संकटाले शसस्त्र प्रहरी बल-एपीएफलाई ४-२ गोलले हराएको हो ।

    दशरथ रंगशालामा भएको खेलमा संकटाका अजय मार्टिन्स कायोडले दुई तथा कर्ण लिम्बु र लक्ष्मण रुचालले एक एक गोल गरे । एपीएफका आशिष लामा र नविन लामाले गोल गरे 

    खेलमा ३-० गोलले पछाडि रहेको अवस्थामा एपीएफले लगातार दुई गोल फर्काएको थियो । संकटा पाँच खेलबाट सात अंक जोडेर सातौँ स्थानमा छ । प्रतियोगितामा संकटाले दुई जित, दुई हार र एक बराबरीको नतिजा निकालेको छ ।

    एपिएफ पाँच खेलबाट चार अंक जोडेर ११ औँ स्थानमा रहेको छ। प्रतियोगितामा एपीएफले तीन हार, एक जित र एक बराबरीको नतिजा निकालेको छ । पाँच खेलबाट ११ अंक जोडेर मनाङ मर्स्याङ्दी शीर्षस्थानमा छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast