सोमबार, फागुन १२, २०७६
    लाइफस्टाइल

    पश्चिमी वायु भित्रिदा हिमपात सँगै वर्षाको सम्भावना

    मंगलवार, २२ पौष २०७६, आहाखबर

    काठमाडाैं, २२ पुस ।

    नेपालमा पश्चिमी निम्न चापीय प्रणाालीको प्रभावका कारण आज मौसम बदली भइ वर्षा तथा केहि स्थानमा हिमपातकाे सम्भावना रहेकाे छ ।

    जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपात तथा पश्चिमका थोरै स्थानहरुमा र मध्य तथा पूर्वी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

    काठमाडौं उपत्यकामा आज बिहानको न्यूनतम तापक्रम ४.२ डिग्री सेल्सियस मापन गरिएको छ । सोमबार काठमाडौंमा न्यूनतम तापक्रम १.६ र अधिकतम तापक्रम १६.३ डिग्री सेल्सियस मापन भएको थियो ।

    यसैगरी मंगलबारराति देशको पश्चिमी भूभाग, मध्य र पूर्वका पहाडी भूभागमा सामान्य बदली र बांकी भूभागमा आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपात तथा पश्चिमका थोरै स्थानहरुमा साथै मध्य र पूर्वी भागका एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast