शुक्रबार, आषाढ २६, २०७७
    कृषि-उर्जा

    राजधानीका यी स्थानमा मंगलबार ७ घण्टा बत्ती जाने

    सोमबार, २१ पौष २०७६, आहाखबर

    काठमाडौँ १६ पुस

    राजधानीका केही स्थानमा मंगलबार ७ घण्टा बत्ती जाने भएको छ।

    चक्रपथ विस्तार कार्यको लागी रुख कटान गर्न महाराजगञ्ज वितरण केन्द्रको ओम फिडरबाट वितरित लाइन विहान ९ बजेबाट ४ बजेसम्म सट डाउन हुने नेपाल विद्युत् प्राधिकरणले बताएको छ।

    ओम फिडरबाट वितरीत लाइन सट डाउन हुँदा सुकेधारा, न्यू कोलोनी, ढलाने पुल, निलो पुल, लगायतको क्षेत्रमा विद्युत प्रवाह रोकिने भएकाे हाे।

    रुख कटान कार्य निर्धारित समय अगाडि सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुने प्राधिकरणले जानकारी दियो।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast