सोमबार, फागुन १२, २०७६
    खेल संसार

    एमएम कपमा सशस्त्रको जित, अघिल्लो चरण सम्भावना कायमै

    सोमबार, २१ पौष २०७६, आहाखबर

    काठमाडौं, २१ पुष

    मनमोहन मेमोरियल (एमएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलले पहिलो जित हात पारेको छ। 

    सशस्त्रले सोमबार इनरुवामा भएको खेलमा मनमोहन मेमोरियल क्रिकेट क्लबलाई ८३ रनले हरायो। 

    आइतबार त्रिभुवन आर्मीसँग पराजित भएको सशस्त्रको अघिल्लो चरण सम्भावना बाँकी छ। अब मंगलबार आर्मीले मनमोहनलाई हराए आर्मी र सशस्त्र अघिल्लो चरणमा पुग्नेछन्।

    सोमबार पहिले ब्याटिङ गरेको सशस्त्र ४३.४ ओभरमा २०४ रनमा अलआउट भयो। सशस्त्रका लागि सुमीत महर्जनले ८३ रन जोडे। उनले १०७ बलमा ७ चौका हिर्काए। बलिङमा मनमोहनका सरोज बस्नेतले ४ विकेट लिए। 

    २०५ रनको लक्ष्य पछ्याएको मनमोहन ३६.२ ओभरमा १२१ रनमा अलआउट भयो। उसका लागि रवि रोयले २६ रन र रुपेश श्रीवास्तावले २३ रन जोडे। बलिङमा सशस्त्रका सूर्य तामाङले ४ विकेट र कप्तान बसन्त रेग्मीले ३ विकेट लिए। 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast