सोमबार, फागुन १२, २०७६
    लाइफस्टाइल

    माैसम : आज वेलुकीदेखि देशैभर हिमपात र वर्षा हुने

    सोमबार, २१ पौष २०७६, आहाखबर

    काठमाडौं, २१ पुस । पश्चिमी वायु सक्रिय हुँदा नेपालमा माैसम फेरबदली भएकाे छ। नेपालमा फेरि हिउँदे वर्षा गराउने हावा प्रवेश गरेको हाे।

    पश्चिम क्षेत्रबाट प्रवेश गरेको यो हावाले देशभर बर्षा र उच्चपहाडी तथा हिमाली क्षेत्रमा हिउँ पार्ने जल तथा मौसम विज्ञान विभागले जनाएकाे छ ।

    आज दिउँसोदेखि नै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव पश्चिमी क्षेत्रमा देखिने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिएका छन्।

    यसको प्रभाव भोली थप बढेर पश्चिम, मध्य र पूर्वी हिमाली भेगमा बर्षा हुने तथा उच्च पहाडी भेगमा हिमपात हुनेछ।  यतिखेर भने देशका पश्चिमी र पूर्वी पहाडी भूभागहरुमा मौसममा आंशिक बदली मात्र रहेको र बाँकी क्षेत्रको मौसम सामान्यतयाः सफा रहेको मौसमविद् अर्यालले बताएका छन्।

    उनका अनुसार आज दिउँसो देशका पश्चिमी र पूर्वी भेगका केही स्थानमा हल्का बर्षा हुनेछ।  पानी र हिउँ पर्ने तथा छर्लङ्ग घाम नलाग्दा यतिखेर देशैभर अत्याधिक चिसो महशुस गरिएको छ। सोमबार बिहान काठमाडौं उपत्यकाको तापक्रम १ दशमलव ६ डिग्री सेल्सियस कायम भएको छ।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast