सोमबार, फागुन १२, २०७६
    लाइफस्टाइल

    भाडाको कोठाभन्दा सस्तो लज !

    सोमबार, २१ पौष २०७६, आहाखबर

    काठमाडाैं, २१ पुस । सवारी चालक इन्द्र श्रेष्ठको यहाँ न घर छ, न त डेरा तर उनको बसाइ र सुताइ आरामदायी नै छ । श्रेष्ठका अनुसार उनको बसाइ भोटेबहालको लजमै हो । 

    डेरा लिँदा महिनामा १० हजार रुपियाँ तिर्नुपर्छ तर लजमा सुत्दा प्रतिरात १५० रुपियाँ तिरे पुग्छ । खाना पनि लजमै सस्तोमा पाइन्छ । नुहाउन पानी पाइन्छ । शौचालय व्यवस्थित मिल्छ ।

    डेरा कोठामा जस्तो पानी नपाइने, अप्ठ्यारो शौचालय र खाना पकाउने टन्टा भएन । “यति सुविधा हुँदाहुँदै टन्टा कसले बोकोस् ?”, श्रेष्ठको भनाइ छ । 

    त्यसो त काठमाडौँका भोटेबहाल, गणबहाल र सहरका यत्रतत्र लजमा एउटै कोठामा छ बेडको व्यवस्था हुन्छ । 

    छ बेडमा १२ जना मिलेर सुत्ने र आधाआधा पैसा उठाएर लजलाई तिर्ने, निरन्तर लजमा सुत्नेलाई त लज सञ्चालकले छुट दिँदा झनै फाइदा हुने श्रेष्ठको अनुभव छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast