सोमबार, फागुन ५, २०७६
    आर्थिक खबर

    अमेरिका-इरान विवादले अचाक्ली बढ्याे सुनको भाउ, आज कति छ ताेलाकाे ?

    सोमबार, २१ पौष २०७६, आहाखबर

    काठमाडाैं, २१ पुस । नेपाली बजारमा सुनको मूल्य लगातार बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ।

    शुक्रबार ७४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन साताको पहिलो दिन बजार खुल्नेबित्तिकै १ हजार बढेर तोलामा ७५ हजार ५ सय रुपैयाँ कायम भएको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तेजाबी सुन भने तोलामा ७५ हजार २ सय रुपैयाँ कायम भएको छ। यो खबर आजको कारोबार दैनिकले छापेको छ। शुक्रबार तेजाबी सुनको मूल्य ७४ हजार २ सय रुपैयाँ थियो। 

    एक महिनाको अवधिमा छापावाल र तेजाबी सुन ३ हजार ८ सय रुपैयाँले बढेको छ। अमेरिका र इरानबीचको विवादले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि हुँदा त्यसको प्रभाव नेपाली बजारमा परेको जनाइएको छ।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast