शुक्रबार, माघ १०, २०७६
    ब्राण्ड/संगठन

    सामसुङ फाइभ–जी स्मार्टफोन विक्री गर्न विश्वकै नं वान

    सोमबार, २१ पौष २०७६, आहाखबर

    काठमाडाैं, २१ पुस । फाइभ–जी स्मार्टफोन विक्री गर्नमा सामसुङले आफ्ना सबै प्रतिस्पर्धीलाई पछि पारेको छ ।

    विश्वको सबैभन्दा ठूलो स्मार्टफोन निर्माणकर्ता सामसुङ फाइभ–जी स्मार्टफोन विक्री गर्ने कम्पनी मध्ये पहिलाे नमबरमा रह्याे । २०१९ मा मात्र आधा भन्दा बढी विश्वबजारमा सामसुङले ६७ लाख फाइभ–जी स्मार्टफोन विक्री गरेको बिहिबार जानकारी दिएको हो ।

    यस दक्षिण कोरियाली प्राविधिक कम्पनीले ४० लाखको आफ्नै अपेक्षा पार गर्दै सो सफलता हासिल गरेको बताएको छ । 

    सामसुङले गत मेमा लन्च गरेको ग्यालेक्सी एस–टेन फाइभ–जी मार्फत द्रुत गतिको नेटवर्कमा अत्याधिक लाभ उठाउँदै सबै प्रतिस्पर्धीलाई हराएको हो । आइफोन निर्माणकर्ता एप्पलले भने २०२० को अन्त्यसम्ममा मात्र फाइभ–जी सँग सम्बन्धित प्रविधि ल्याउने अपेक्षा गरिएको छ । तर सामसुङले ग्यालेक्सी सिरिज अन्र्तगत नोट टेन फाइभजी, नोट टेन प्लस फाइभजी, ए९० फाइभजी र ग्यालेक्सी फौलड फाइभजीगरी चारवटा अन्य फाइभ–जी स्मार्टफोन सार्वजानिक गरिसकेको छ । 

    कम्पनीका रिसर्च प्रमुख टीएम रोले भनेका छन्, “हामी आगामी दिनहरुमा उपभोक्तालाई अझ बढी फाइभ–जी डिभाइसको अनुभव दिलाउन उत्साहित छौँ जुन कुनैबेला असम्भव ठानिएको थियो । ” वास्तवमा सामसुङले हुवावे र वासिङटनबीच जारी विवादबाट अधिक लाभ प्राप्त गरेको बताइएको छ । गत वर्ष अमेरिकाले हुवावेलाई कालोसूचीमा राखि सबै प्रमुख कम्पनीलाई यससँग कारोबार गर्नमा प्रतिबन्ध लगाएको थियो । यसले विशेषगरी हुवावेको फाइभ–जी नेटवर्क योजनामा क्षति पुर्याएको हो । किनकी अमेरिकाको दबाबमा न्युजिल्यान्ड, अष्ट्रेलिया लगायतका देशले पनि हुवावे उपकरणको प्रयोग निषेध गर्ने निर्णय गरेका थिए ।  

    यसरी वायरलेस प्रविधिको व्यापकता बढ्दै जाँदा सामसुङको अग्रता कायम रहने प्राविधिक विज्ञहरुको भनाइ छ । किनकी अहिले चीन बाहिर फाइभ–जी स्मार्टफोन निर्माण गर्ने यो एकमात्र कम्पनी हो । 

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast