शुक्रबार, माघ १०, २०७६
    स्वाद/परिकार

    मह खानुअघि यी कुरामा होस पुर्याउनुहोस्

    आईतवार, २० पौष २०७६, आहाखबर

    काठमाडौं, २० पुस

    मह स्वास्थ्यका लागि एकदमै गुणकारी छ । यसको सेवनले शरीरमा स्फूर्ति र ताजापन उत्पन्न गर्छ । तर, यसको प्रयोगमा सावधानी अपनाउनुपर्छ । किनभने अलिकति गडबडीका कारण मह स्वास्थ्यका लागि खतरनाक साबित हुन पनि सक्छ । स्वास्थ्यसम्बन्धी जानकारहरूका अनुसार मह खाँदा यी कुरामा ध्यान दिनुपर्छ :

    १. मह अलि गरम वस्तु हो । यसलाई तातो खानासँगै खानुहुँदैन । तातो खानासँगै खाँदा झाडापखाला हुन सक्छ ।
    २. चिया वा कफीमा महको सेवनले शरीरमा ताप बढाउँछ । यसले एक किसिमको छटपटी उत्पन्न गर्न सक्छ ।
    ३. महसँगै मुला खानुहुँदैन । यसले शरीरमा टाक्सिन बन्न थाल्छ । 
    ४. माछा र मासुसँगै मह खानाले शरीरमा टाक्सिन उत्पन्न हुन्छ । यसले शरीरमा नराम्रो असर गर्छ ।
    ५. घिउ र मह एकसाथ बराबर अनुपातमा मिलाएर खानुहुँदैन । यो शरीरका लागि बिष साबित हुन सक्छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast