मंगलवार, फागुन ६, २०७६
    सावधान

    कान कराउने समस्या बढाउँदै हेडफोन

    आईतवार, २० पौष २०७६, आहाखबर

    काठमाडौं, २० पुष 

    हेडफोनले धरै राम्रो मार्केट लिन सफल भएको छ । एक्लो हुँदा, कुनै काम गर्दा वा लामो दुरीको यात्रा गर्दा हामी हेडफोन राख्न भुल्दैनौं । आज युवामाझ हेडफोन लोकप्रिय बनेको छ । 

    यस्ता थोरै व्यक्ति भेटिन्छ, जो बिना हेडफोन आफ्नो दिनको अन्त्य गर्छन् । हेडफोनको प्रयोगले आफू वरपरका अनावश्यक आवाजबाट छुटकारा पाउन मद्धत गर्छ । थाकेको वा कुनै तनाव भएमा हेडफोन असल साथी पनि बन्न सक्छ । 

    तर हेडफोन तथा अत्यधिक ध्वनीले टिनिटस (कान कराउने) वा कान नसुन्ने जस्ता समस्या निम्त्याउन सक्छ । समस्याको प्रकार भने चर्को आवाज र कति समयसम्म हेडफोन कानमा राख्ने भन्नेमा भर पर्छ । 

    चिकित्सा भाषामा टिनिटस भनेको कान कराउने समस्या हो । यो आफैमा एक ठूलो समस्या बनेको छ । कानमा फोहोर जमेमा, सक्रंमण भएमा, चर्को आवाज, उच्च रक्तचाप, मुटु सम्बन्धी रोग, शरीरमा रगतको कमी, धेरै समयसम्म हेडफोनको प्रयोगले कान कराउने समस्या हुने गर्छ ।

    विश्व स्वास्थ्य संस्थाको रिर्पोट अनुसार विश्वको ३६० मिलियन मानिस (५ मध्य १) टिनिटसको समस्या भोगिरहेका छन् । एक रिर्पोटमा सन् २०३५ सम्म १५.६ मिलियन मानिस यो समस्याबाट ग्रस्त हुने अनुमान गरिएको छ । 

    कान कराउने समस्या खासै ठूलो नभए पनि १० प्रतिशत मानिसहरु डरले अस्पताल पुग्ने गर्छन् । साधारण रुघा खोकी लाग्दा पनि कान कराउने समस्या देखा पर्न सक्छ । यो एक सातामै आफै ठीक पनि हुन्छ । चकलेट, च्विङगम चपाउने गरेमा यो समस्याबाट छुटकारा पाउन सकिन्छ । तर यो समस्या एक महिनासम्म पनि निको नभएमा अस्पताल आउन चिकित्सकहरु सल्लाह दिन्छन् । 

    कतिपय व्यक्तिमा टिनिटसको समस्या आफ्नै कारणले पनि हुने गर्छ । 

    – आयू सम्बन्धित श्रवण हानीः बढ्दो उमेरसँगै कान नसुन्ने र कान बज्ने समस्या हुने गर्छ । सामान्यतया यस्तो समस्या ६० वर्षको उमेरदेखि सुरु हुने गर्छ । चिकित्साशास्त्रमा यस्तो श्रवण क्षमता गुमाउनेलाई प्रिसबाइक्युसिस भनिन्छ ।

    – कानेगुजीका कारण हुने अवरोधः कानेगुजीले फोक्सोमा फस्ने र ब्याक्टेरियाको वृद्धिलाई कम गर्दै कानको नहरलाई बचाउँछ । जब कानमा धेरै कानेगुजी जम्मा हुन्छ, यो स्वभाविक रुपमा एकदमै गाह्रो बन्छ । जसबाट कानको सुन्ने शक्ति हराउँछ र टिनिटस निम्त्याउँछ । 

    विभिन्न रोगको औषधि अत्यधिक रुपमा प्रयोग गर्नाले पनि टिनिटस रोग लाग्न सक्छ । औषधीको खुराक जति बढी हुन्छ त्यति नै टिनिटसले सताउने सम्भावना हुन्छ । 

    अत्यधिक एम जी को औषधी प्रयोग गर्न कम गरेमा टिनिटस बिस्तारै आफैँ हराएर जान्छ । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast