सोमबार, फागुन १२, २०७६
    लाइफस्टाइल

    आज पनि देशैभर वर्षा र हिमपात, सतर्क रहन मौसमविद्काे सुझाव

    शनिबार, १९ पौष २०७६, आहाखबर

    काठमाडौं, १९ पुस । मौसमविद्का अनुसार आज पनि काठमाडौं उपत्यकासहित देशैभर वर्षा र हिमपातको सम्भावना रहेको  छ।

    केही दिनदेखि सक्रिय पश्चिमी न्यून चापीय प्रणालीका कारण आज पनि पश्चिमदेखि पूर्वसम्मै उच्च पहाडी र हिमाली भेगमा हिमपात तथा मध्य पहाडी र तराई क्षेत्रमा वर्षा हुने सम्भावना रहेको हो। 

    'अहिले बिहानदेखि नै ती क्षेत्रमा हिमपात तथा वर्षाको सम्भावना छ' मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले भनिन्,'शनिबार पनि हिजो जस्तै दिनभर वर्षा र हिमपात हुने सम्भावना छ । आज साँझदेखि केही सुधार हुने अपेक्षा गर्न सकिन्छ।’

    महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ : मौसम बदलीसँगै हल्कादेखि मध्यम हिमपातको सम्भावना रहने हुनाले सतर्कता अपनाउनु हुन अनुरोध छ।

    शुक्रबार उच्च पहाडी तथा हिमाली भेगमा व्यापक हिमपात हुँदा जनजीवन कष्टकर भएको छ। वर्षा र हिमपातका कारण कतिपय राजमार्ग र विमानस्थलसमेत अवरुद्ध भएका छन्।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast