सोमबार, फागुन ५, २०७६
    खेल संसार

    इपीएल खेल्न हासिम आमला र क्रिस गेल नेपाल आउँदै

    शुक्रबार, १८ पौष २०७६, आहाखबर

    काठमाडौँ, १८  पुस 

    यो सिजनको इभरेष्ट प्रिमियर लिग (इपीएल) मा विदेशी खेलाडी भित्र्याउने क्रम शुरु भएको छ । इपीएलको आकर्षण बढाउन उत्कृष्ट खेलाडी नै भित्र्याइने आयोजकले जनाएको छ ।

    इपीएल खेल्न आउने विदेशी खेलाडीमा दक्षिण अफ्रिकाका पूर्व कप्तान हासिम आमला नेपाल आउने पक्का भएको जोरा स्पोटर्स म्यानेजमेन्टका एमडी आमिर अख्तरले बताए । उनका अनुसार, वेष्ट इण्डिजका बिस्फोटक ब्याट्सम्यान क्रिस गेललाई पनि इपीएलमा ल्याउने प्रयास भइरहेको छ ।

    टेष्ट राष्ट्र इंग्ल्याण्ड, अष्ट्रेलिया, आयरल्याण्डकै राम्रो खेलाडी भित्र्याउने प्रयास समेत भइरहेको छ । नेपाली राष्ट्रिय टीमका खेलाडीहरुलाई पहिलो श्रेणीमा राखिएको इपीएलमा राम्रो पारिश्रमिक दिइने भएको छ । पहिलो श्रेणीका क्रिकेटरहरुको न्यूनतम मूल्य दुई लाख तोकिएको छ । त्यस भन्दा माथि भने बोलकबोलबाट निर्धारण हुनेछ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast