शनिबार, जेष्ठ १७, २०७७
    बिदेश

    ​हुवावेको नयाँ स्र्माटफोन र ट्याबलेट बजारमा

    सोमबार, १४ आषाढ २०७२, आहाखबर
    काठमाडौं । चिनियाँ मोवाइल निर्माता हुवावेले स्मोर्टफोन र ट्याबलेटका तीन नयाँ मोडल नेपाली बजारमा बिक्री सुरु गरेको छ । 
    कम्पनीले वनर४, वाई५सी र प्याट टी ट्याबलेट बजारमा ल्याएको हो । वनर४ मा पाँच दशमलव पाँच इन्चको एचडी आइपीएस डिस्प्ले, तीन हजार एमएएचको शक्तिशाली ब्याट्री रहेको छ । वाई५ मा चार दशमलव पाँच इन्चको डिस्प्ले, एक जीवीको र्याम्प, एक दशमलव दुई गिगाहर्जको प्रोसेसर रहेको जनाइएको छ । 
    हुवावेको मिडिया प्याड टी ट्याबलेटमा सात इन्चको आइपीएस डिस्प्ले रहेको, एक जीवीको र्याम्प र आठ जीवी आरओएम रहेको जनाइएको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast