शनिबार, फागुन १०, २०७६
    स्वास्थ्य

    सप्ताहव्यापी रुपमा योग दिवस मनाइने

    बिहिवार, १७ पौष २०७६, आहाखबर

    काठमाडौँ, १७ पुस

    सरकारले सप्ताहव्यापी रुपमा पाँचौँ योग दिवस मनाउने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथ प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा आज बसेको राष्ट्रिय योग दिवस तयारी मुल समारोह समितिको बैठकले आगामी माघ १ गतेदेखि सप्ताहव्यापी रुपमा योग दिवस मनाउने निर्णय गरेको हो । 

    प्रत्येक माघ १ गतेलाई योग दिवसका रुपमा मनाइँदै आइएको छ । शिक्षासचिव महेशप्रसाद दहालको संयोजकत्वमा योग दिवस कार्यक्रम व्यवस्थापन उपसमिति गठन गरिएको मन्त्रालयका सहसचिव कृष्णप्रसाद काप्रीले जानकारी दिनुभयो । सो उपसमितिले विभिन्न संघ संस्थाको समन्वयमा साप्ताहिक कार्यक्रम तय गर्नेछ । सो अवसरमा शिक्षामन्त्री पोखरेलले योग दिवसलाई एक दिनमात्र नभएर अभियानका रुपमा लैजानुपर्ने बताउनुभयो । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast