बिहिवार, चैत्र २०, २०७६
    बैंक-बीमा

    राष्ट्र बैंकको प्रवक्तमा डा. गुणाकर भट्ट नियुक्त

    बिहिवार, १७ पौष २०७६, आहाखबर

    काठमाडौँ, १७ पुस

    नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा गुणाकर भट्ट नियुक्त हुनुभएको छ । बैंकको प्रवक्तासमेत रहनु भएका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौला उमेरहदका कारण अवकाश लिने समय आई विदामा बस्नुभएपछि गर्भनर चिरञ्जीवी नेपालले आज भट्टलाई प्रवक्तामा नियुक्त गर्नुभएको हो । 

    राष्ट्र बैंककाअनुसार कार्यकारी निर्देशक डा भट्टलाई यही पुस १६ गतेदेखि लागू हुने गरी प्रवक्तामा नियुक्त गरिएको हो । भट्ट बैंकको अनुसन्धान विभागका कार्यकारी निर्देशकको जिम्मेवारीमा हुनुहुन्छ । राष्ट्र बैंक बैंक तथा वित्तीय संस्थाको नियमानकारी निकाय हो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast