सोमबार, फागुन १२, २०७६
    पर्यटन समाचार

    ‘भ्रमण वर्ष २०२०’ को भव्य उद्घाटन

    बुधबार, १६ पौष २०७६, आहाखबर

    काठमाडौँ १६ पुस

    त्रिपुरेस्वरस्थित दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्ष २०२० को उद्घाटन गरेकी छन् । 

    उनले एकताको प्रतिकको रुपमा रहेको दीप प्रज्जवलन गरेर भ्रमण वर्ष २०२० को उद्घाटन गरेकी हुन् । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगश भट्टराईले राष्ट्रपति भण्डारीले एकताको प्रतिकको टर्च हस्तान्तरण गरेका थिए । 

    राष्ट्रपति भण्डारीले नेपाल भ्रमण वर्ष २०२० को म्यासकट 'यती' सार्वजनिक गरेकी छन् । 

    राष्ट्रपति भण्डारीले भ्रमणको सफलताको शुभकामनासमेत व्यक्त गरेकी छन् । 

    मन्त्री योगश भट्टराईले कार्यक्रममा उपस्थित पाहुनालाई स्वागत गरेका थिए । 

    कार्यक्रममा विभिन्‍न झाँकीहरु तथा र्‍यालीहरु प्रस्तुत गरिएका थिए ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast