बिहिवार, जेष्ठ १५, २०७७
    कला-सौन्दर्य

    सलमान खानको ‘दबंग–३’ले दुई सय करोड कमाउने सम्भावना कति ?

    मंगलवार, १५ पौष २०७६, आहाखबर

    काठमाडौं, १५ पुस

    २०१९ को अन्त्यमा दर्शकमाझ रिलिजमा आएको ‘दबंग–३’ले बक्स अफिसमा नयाँ रेकर्ड कायम गर्छ भन्ने सबैले आँकलन गरेका थिए । तर, फिल्मले बक्स अफिसमा सोचे अनुरुप कलेक्शन गर्न सकिरहेको छैन ।

    सुपरस्टार सलमान खानको पछिल्लो अन्य फिल्महरु सुल्तान, बजरंगी भाइजान, टाइगर जिन्दा है लगाएतको तुलनामा प्रदर्शनरत ‘दबंग–३’ले बक्स अफिसमा कलेक्शन गर्न सकेरहेको छैन ।

    ‘दबंग–३’को लेटेस्ट आँकडालाई नियाल्दा बक्स अफिसमा २०० करोडको क्लब पार गर्न मुस्किलनै देखिन्छ ।

    बलिउड हंगामाका अनुसार ‘दबंग–३’ले १० दिनमा १३१.३८ करोडको बक्स अफिस कलेक्शन गरिसकेको छ ।

    फिल्मले अझैँ पनि मुम्बई, दिल्ली र युपी सर्किटमा राम्रो व्यापार गरिरहेको छ । फिल्मको कमाई पहिलो साताको तुलनामा निरन्तर ओरालो लागेको छ । अर्को फिल्म गुड न्यूज रिलिजमा आएपछि ‘दबंग–३’को व्यापारमा निकै गिरावट आएको छ ।

    प्रदर्शनरत दबंग–३ र गुड न्यूज दुवैले सकारात्मक प्रतिक्रिया पाएका छन् । १० जनवरीबाट अभिनेत्री दीपिका पादुकोणको छपाक र अजय देवगनको तानाजी : द अनसंग वाँरियर रिलिजमा आउँदैछन् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast