बुधबार, आषाढ २४, २०७७
    ओएमजी Omg!

    पर्सलाई पछाडि त राख्नुहुन्न ? लाग्नसक्छ यस्ता रोग

    मंगलवार, १५ पौष २०७६, आहाखबर

    काठमाडौँ, १५ पुस

    धेरैजसो मानिसले पर्सलाई आफ्नो पछाडिको खल्तीमा राख्ने गर्दछन् । यदि तपाईं पनि यस्तै गर्नुहुन्छ भने तपाईंले आफ्नो यो बानी तुरुन्तै हटाउनु पर्नेछ नभए विभिन्न रोगको शिकार हुनुपर्छ । 

    पर्समा हामी पैसाको साटो विभिन्न कार्ड, सिक्का, आइडीलगायतका वस्तु राख्छौं जसले पर्स निकै मोटो बनाउँछ । यस्तोमा यदि तपाईंले पछाडिको खल्तीमा यस्ता मोटो पर्स राख्नुहुन्छ भने यसले तपाईंको शरिरको तल्लो भागको ब्यालेन्स बिगार्ने गर्दछ । त्यसकारण पछाडिको खल्तीमा पर्स राख्दा तपाईंले विभिन्न स्वास्थ्य समस्या झेल्नुपर्छ ।


    साइटीका रोगको सम्भावना

    जब तपाईं पर्सलाई पछाडिको खल्तीमा राखेर बस्नुहुन्छ यसले कम्मरमा दबाब पार्छ । कम्मरबाटै साइटिक नसा फैलने भएकाले यसको दबाबका कारण तपाईंको कम्मर दुख्ने सम्भावना अधिक हुन्छ । यसले तपाईंको हिप ज्वाइन्ट्समा हुने पिरिफर्म मसल्समा पनि दबाब पर्ने गर्दछ । यसले समस्या पैदा गर्छ । 


    रक्त संचारमा बाधा पुग्ने

    हाम्रो शरीरमा नशाको जालो छ जसले एउटा अंगलाई अर्को अंगसँग जोड्ने गर्दछ । कुनै नशा यस्तो पनि हुन्छन् जुन मुटु हुँदै कम्मर र खुट्टासम्म पुग्ने गर्दछ । मोटो पर्स राखेर बस्दा यी नशामाथि दबाब पर्ने गर्छ जसका कारण रक्तसंचारमा प्रभाव पर्ने गर्दछ । लामो समयसम्म यसरी बस्दा नशा सुन्निन पनि सक्छ । 


    खराब हुनसक्छ मेरुदण्डको हड्डी

    पछाडिको खल्तीमा पर्स हुँदा शरिरको ब्यालेन्स ठिक हुँदैन जसका कारण व्यक्ति सीधा बस्न सक्दैन । यसले मेरुदण्डको हड्डीलाई खराब बनाउँछ जसका कारण स्पाइनल जोइन्ट्स, मसल्स र डिस्क आदीमा पीडा हुन्छ । यसले राम्रोसँग काम गर्न पाउँदैन जसका कारण बिस्तारै मेरुदण्डसम्बन्धि रोग लाग्ने गर्छ । 


    फोर्मिस सिन्ड्रोमको खतरा बढ्ने

    पाइन्टको पछाडिको खल्तीमा पर्स राख्दा तपाईंलाई पायरी फोर्मिस सिन्ड्रोम नामको रोग लाग्ने खतरा बढुछ । यस्तो रोग लागेपछि बिरामीलाई असह्य पीडा हुन्छ । पर्स राखेर घण्टौं बस्दा पायरी फोर्मिस मसल्समा दबाब पर्ने हुँदा खुट्टामा अत्यधिक पीडा हुने गर्दछ । 

    विशेषगरी युवा यो रोगको शिकार हुन्छन् । पायरी फोर्मिस रोगबाट छुटकारा पाउनका लागि शल्यक्रिया गराउनुपर्छ । त्यसकारण तपाईंको यस्तो बानी छ भने तुरुन्त हटाउनुहोस् । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast