सोमबार, फागुन १२, २०७६
    लाइफस्टाइल

    जम्मु-कश्मिरको वायु नेपालतिर : वर्षा र हिमपातको संभावना

    मंगलवार, १५ पौष २०७६, आहाखबर

    काठमाडौँ, १५ पुस

    मंगलबार भारतको जम्मु-कश्मिरमा विकसित पश्‍चिम न्यूनचापीय प्रणाली नेपालतिर प्रवेश गर्दैछ । यो प्रणाली रातिदेखि नेपालमा सक्रिय हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मंगलबार मौसम सामान्य रहेपनि बुधबारदेखि  सामान्य बदली भइ पश्चिमी र पूर्वी पहाडि भू-भागमा हल्का वर्षाको संभावना रहेको छ ।

    शुक्रबार र शनिबार पानी पर्ने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद‍् वरुण पौडेलले जानकारी दिए। उनले भने,' न्यूनचापीय प्रणाली नेपालको पश्चिम भू-भागबाट प्रवेश गर्दै पूर्वसम्म पुग्नेछ। जसले गर्दा सुदूरपश्चिमको उच्च पहाडि तथा हिमाली क्षेत्र र पूर्वी पहाडि भू-भागमा वर्षा र हिमपातको संभावना छ।' यो प्रणाली आइतबारसम्म सक्रिय रहने मौसन पूर्वानुमान महाशाखाको अनुमान छ।

    हिमपात र वर्षपछि देशका अधिकांश स्थानमा चिसो समेत बढ्नेछ।


    तीन दिनमा कहाँ के हुँदैछ ?

    पौष १५ गते 

    देशको पश्चिमी तथा मध्य  भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशको पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका एक हल्का हिमपातको सम्भावना रहेको छ ।

     

    पौष १६ गते

    देशभर आंशिकदेखि सामान्य बदली रहि पश्चिमी र पूर्वी पहाडी भू-भागमा हल्का वर्षाको संभावना रहेको छ। उच्च पहाडि र हिमाली भू-भागमा हल्कादेखि मध्यम खालको हिमपात र पानी हुने संभावना छ। देशभर सामान्य बदली रहि देशका थोरै स्थानमा हल्का वर्षाको संभावना रहेको छ। उच्च पहाडि र हिमालि भू-भागमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ।

     

    पौष १७ गते 

    देशभर सामान्य बदली रहि देशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको संभावना छ। 

    उच्च पहाडि र हिमालि भू-भागमा मध्यमदेखि भारी हिमपातको संभावना रहेको छ।उच्च पहाडि र हिमाली भू-भागमा मध्यमदेखि भारी  हिमपातको  संभावना रहेको छ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast