शुक्रबार, चैत्र २१, २०७६
    धर्म-संस्कृति

    नेकपा अध्यक्ष प्रचण्डले दिए तमू ल्होसारकाे शुभकामना

    मंगलवार, १५ पौष २०७६, आहाखबर

    काठमाडाैं, १५ पुस । नेपाल कम्युनिस्ट पार्टी 'नेकपा'का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तमू ल्होछारको अवसरमा शुभकामना व्यक्त गरेका छन्

    प्रचण्डले तमू 'गुरुङ' समुदायको पर्व तमू ल्होछारको शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण तमूहरुलाई उत्तरोत्तर प्रगतिको कामना गरेका छन्।

    'पुरानो वर्ग ९वर्ष०को बिदाई र नयाँ वर्गलाई स्वागत गर्दै तमू ९गुरुङ० समुदायले विशेष उत्साह र उमङ्‍गतासाथ मनाउने यस पर्वले छुट्टै मौलिक परम्परा र सांस्कृतिक महत्त्व राखेको छ। सांस्कृतिक परम्पराको धनी राष्ट्र नेपालका तमु समुदायले सदियौंदेखि आफ्ना रीति, परम्परा र संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्दै आइरहेका छन्,' अध्यक्ष दाहालको सन्देशमा छ, 'राष्ट्रियताको सम्वर्द्धन र समुदायको पहिचानमा नै मुलुकको समुन्नति र समृद्धि निर्भर रहेको हुन्छ। यस्ता मौलिक चाडपर्वहरुले नेपालीहरुबीच सामाजिक एकता, सद्‍भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता मजबुत बनाउँदछ।'

    उनले यस पर्वले राष्ट्रिय एकता र राष्ट्रिय मौलिक संस्कृतिको निर्माणमा ऊर्जा प्रदान गर्ने अपेक्षा व्यक्त गरेका छन्।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast