बुधबार, आषाढ २४, २०७७
    ओएमजी Omg!

    अमेरिकामा ७ महिने शिशु मेयर !

    सोमबार, १४ पौष २०७६, आहाखबर

    वासिङ्टन, १४ पुस 

    चार्ली म्याकमिलान नाम गरेका अमेरिकी शिशु ७ महिना मात्रै पुगे । अमेरिकाको गर्भपतनविरोधी अभियानसँगै उनी अचानक शासक बनेका छन् । 

    टेक्सस समुदायमा उनलाई हालै मेयरको उपाधि दिइएको छ । 'मेक अमेरिका काइन्ड अगेन' नारा सहित उनलाई यही अक्टोबरमा मानार्थ मेयर बनाइएको हो ।

    अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले 'मेक अमेरिका ग्रेट अगेन' ल्याएसँगै टेक्ससमा गर्भपतन विरुद्ध नयाँ अभियान थालिएको हो । 

    जहाँ देशभक्ति र गर्भपतनको विरुद्ध नयाँ अभियानसँगै यी सात महिने शिशुलाई अभियानको मोहोराको रुपमा अघि सारिएको हो । चार्लीका आमाबावुले लिलामीमा राखिएको मेयरको उपाधि गत अक्टोबरमा 'फन्ड रेजिङ'का लागि किनेका थिए । साथै मेयर पद नियमित कामकाजका लागि नभएर अभियानको हिस्साको रुपमा मानिएको छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast