मंगलवार, चैत्र २५, २०७६
    खेल संसार

    मच्छिन्द्रको रोमान्चक जित, अन्तिम मिनेटमा विजयी गोल

    सोमबार, १४ पौष २०७६, आहाखबर

    काठमाडौँ, १४ पुस

    मच्छिन्द्र फुटबल क्लबले जारी शहिद स्मारक ए डिभिजन लिग फुटबलमा अपराजित यात्रा कायम राखेको छ । नाइजेरियन फरवार्ड आडेलाजा सोमिडेले अन्तिम मिनेटमा गोल गरेपछि कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत चौथो चरणको पहिलो खेलमा सानमिगेल मछिन्द्र क्लबले न्यू रोड टिम (एनआरटि) लाई १-० ले पराजित गरेको छ ।

    खेलकाे तेस्राे मिनेटमा एनआरटीका दर्शन गुरुङकाे प्रहार फितलाे बन्याे । १२ औं मिनेटमा पिटर सेगुनकाे हेडर पाेस्टबाट बाहिरिदा मछिन्द्र अग्रता लिनबाट चुक्याे । ३१ औं मिनेटमा रेजिन सुब्बाकाे क्रसमा विशाल राईकाे हेडरले पाेस्टकाे गति लिन नसक्दा मछिन्द्र अग्रता लिनबाट चुक्याे ।

    ३४ औं मिनेटमा पेनाल्टी क्षेत्रको ठिक बाहिर प्राप्त गरेको फ्रिकिकमा डिफेन्डर देवेन्द्र तामाङकाे प्रहार क्रसबारमा लागेर फर्कदा मछिन्द्रले अग्रता लिने सुन्दर माैका गुमायाे । त्यसमै रेजिन सुब्बा र अभिषेक रिजालकाे प्रयास एनआरटीका गाेलरक्षक अजित प्रजापतिले सहजै नियन्त्रणमा लिए । पहिलो हाफको इन्ज्युरी समयमा सुजल श्रेष्ठले ६ यार्ड बक्स भित्रबाट गरेको प्रहार गोलरक्षक अजितले बचाए ।

    ५३ औं मिनेटमा कप्तान प्रकाश बुढाथाेकीकाे पासमा दर्शन गुरुङले क्रस गरेकाे बललाई तपन कार्कीले गरेकाे प्रहार मछिन्द्रका गाेलरक्षक विशाल श्रेष्ठले सहजै बचाए । ५७ औं मिनेटमा एडिलाजा साेमिडेकाे प्रहार पाेस्टबाट थाेरै आकासियाे । ६१ औं मिनेटमा एनआरटीले खेलमा अग्रता लिने सुन्दर माैका खेर फाल्याे । काउन्टर एट्याकमा मैदानकाे मध्यभागबाट अफसाइड बिट ट्याप गर्दै तपन कार्कीले एक्लै बल अघि बढाउदै गरेकाे प्रहार दाेस्राेबारबाट थाेरै बाहिरिन पुग्याे ।

    ७४ औं मिनेटमा अभिषेक रिजालकाे सशक्त प्रहार एनआरटीका गाेलरक्षक अजित प्रजापतिले पञ्च गरेर बचाए । ८४ औं मिनेटमा अभिषेक रिजालकाे क्रसमा साेमिडेकाे हेडर पाेस्टबाट थाेरै बाहिरियाे । अन्तिम मिनेटमा सोमीडेले विजय धिमालको क्रसमा हेडरमार्फत गोल गर्दै मछिन्द्रलाई जित दिलाए ।

    यस जितसँगै अपराजित रहेको मछिन्द्रले ४ खेलमा ३ जित र १ हारसहित कुल ९ अंक जोडेको छ । अघिल्लो सिजन अंक तालिकाको रेलिगेसन क्षेत्रमा रहेका कारण मछिन्द्रको १ अंक घटाइएको थियो । 

    यस्तै एनआरटिको ४ खेलमा ४ खेलमा २ जित र २ हारसँगै ४ अंक भएको छ । एनआरटि पनि अघिल्लो सिजन पुछारमा रहेका कारण २ अंक घटाइएको हो ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast