सोमबार, फागुन १२, २०७६
    लाइफस्टाइल

    यतिबेला सुत्नुभयो भने हुन सक्छ धनको नाश

    आईतवार, १३ पौष २०७६, आहाखबर

    काठमाडौँ, १३ पुस 

    खानपान देखि शयन, निन्द्रा, सपना आदीका बारेमा हिन्दू धर्म शास्त्रमा व्याख्या गरिएको हुन्छ । धर्मशास्त्रका अनुसार हामीले सुत्नु भन्दा अगाडी जहिल्यै विचार पुर्‍याउनुपर्छ । गलत समयमा सुत्दा हाम्रो स्वास्थ्यलाई बेफाईदा पुर्‍याउनुको साथै हानिकारक मानिन्छ । यी हुन् सुत्नै नहुने तीन समय :

     

    घाम झुल्किएपछि

    शास्त्र अनुसार, घाम झुल्किएपछि पनि सुतिरहनेसँग धनकी देवी लक्ष्मी रिसाउँछिन् । त्यसरी सुत्ने ब्यक्तिहरु जति पैसा भएपनि सन्तुष्ट रहन सक्दैनन् । मानसिक तनाव हुने मात्र होइन, स्वास्थ्य पनि राम्रो हुँदैन ।

     

    मध्यान्नको समय

    मध्यान्नको समयमा पनि कहिल्यै सुत्नु हुँदैन । यसले स्वास्थ्यमा नकारात्मक प्रभाव पार्छ । विशेषगरी दिउँसोको खानापछि सुत्ने मान्छेमा भुँडी बढ्ने समस्या देखिन्छ । शात्र अनुसार मध्यान्नमा सुत्ने मानिस रोगी हुन्छ ।

     

    घाम अस्ताउने बेला

    घाम अस्ताउने बेला पनि कहिल्यै सुत्नु हुँदैन । शास्त्र अनुसार घाम अस्ताउने समय भनेको पुजा अर्चना गर्ने समय हो ।  विनाकारण यो समयमा सुत्ने व्यक्तिले कहिल्यै सफलता पाउन सक्दैन ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast