सोमबार, फागुन १२, २०७६
    लाइफस्टाइल

    देशभर चिसो बढ्यो, आज कति छ काठमाडौंको न्यूनतम तापक्रम ?

    आईतवार, १३ पौष २०७६, आहाखबर

    काठमाडौं, १३ पुस । काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्ने क्रम जारी छ । आज काठमाडौंको न्यूनतम तापक्रम १ डिग्री सेल्सियस मापन गरिएको छ ।

    हिजो शनिबार काठमाडौंको न्यूनतम तापक्रम ०.६ डिग्री सेल्सियस मापन गरिएको थियो । मौसम पूर्वानुमान महाशाखाले चिसो अझै बढ्न सक्ने अनुमान गर्दै चिसोबाट बच्न उचित सतर्कता अपनाउन आग्रह गरेको छ ।

    आज बिहानैदेखि चिसो हावा चलिरहेका कारण तुलनात्मक रुपमा बिहान बढी चिसो महशुस गरिएको महाशाखाले जनाएको छ ।

    आज मौसमको कुनै पनि प्रणाली सक्रिय नभएका कारण देशभरको मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखामा अनुसार तराईंका जिल्लामा बिहान लागेको हुस्सु दिउँसो क्रमसः फाटेर जाने तथा उच्च पहाडी र हिमाली क्षेत्रमा सामान्य हिमपात बाहेक देशभरको मौसम आज सफा रहने छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast