आईतवार, चैत्र २३, २०७६
    स्कुल-कलेज

    त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रारमा प्राध्यापक डा. पेशल दाहाल नियुक्त

    शनिबार, १२ पौष २०७६, आहाखबर

    काठमाडौं, १२ पुस। त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रारमा प्राध्यापक डा. पेशल दाहाल नियुक्त भएका छन् । उपकुलपति प्राध्यापक डा. धर्मकान्त बास्कोटाको सिफारिसमा उनलाई कुलपति केपि ओलीले नियुक्त गरेका हुन् ।

    दाहाल यसअघि त्रिवि सेवा आयोगको सदस्य भइसकेका छन् । नवनियुक्त रजिष्ट्रारले दाहालले शुक्रबार नै पदबहाली गरेका छन् । त्रिवि ऐन २०४९ को दफा २० को उपदफा ९३० बमोजिमको रजिष्ट्रारको पदावधि ४ वर्ष रहने व्यवस्था छ । 

    दाहाल छथर पोखरी-३ तेह्रथुम स्थायी घर भई हाल काठमाडौं महानगरपालिका-३२ कोटेश्वरमा बस्दै आएका छन् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast