शनिबार, आषाढ २७, २०७७
    सार्क

    नागरिकता संशोधन विधेयक विरद्ध प्रदर्शन, उत्तर प्रदेशमा हाई अलर्ट, इन्टरनेट बन्द

    शुक्रबार, ११ पौष २०७६, आहाखबर

    एजेन्सी, ११ पुस ।

    नागरिकता संशोधन विधेयक र एनआरसीलाई लिएर भारतभर प्रदर्शन भरिएको छ ।

    नागरिकता संशोधन विधेयकका विरद्ध भारतभर प्रदर्शन चर्केका बेला आज हुने जुमेको नमाजभन्दा पहिले उत्तर प्रदेशको अधिकांश क्षेत्रमा धारा १४४ लागु गरेर इन्टरनेट सेवा बन्द गरिएको छ ।

    मेरठ, सीतापुर, कानपुर, गाजियाबाद, बिजनौर, फिरोजाबाद, अलीगढ लगायतका ठाउँमा इन्टरनेट बन्द गरिएको छ ।

    गत हप्ता नागरिकता संशोधन विधेयक र एनआरसीलाई लिएर व्यापक विरोध प्रदर्शन भएको थियो । जसकारण उत्तर प्रदेशका थुप्रै क्षेत्रमा यसअघि नै सुरक्षा सतर्कता बढाइएको थियो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast