मंगलवार, चैत्र २५, २०७६
    ओएमजी Omg!

    प्रेमीले प्रेमिकालाई विना मेकअप देखेपछी दिए ब्रेकअप !

    बिहिवार, १० पौष २०७६, आहाखबर

    काठमाडौँ, १० पुस

    मेकअपले युवतीहरुलाई एकछिन त राम्रो देखाएपनि कालान्तरमा हानी गर्दछ । यो हामीलाई थाहा हुदाँहदै पनि गरिरहेका हुन्छौ । मेकअप र प्रेमको बीच पनि अचम्मको सम्बन्ध हुने जानकारहरु बताउछन् ।

    त्यहि मेकअप नगर्दा एउटी युवतीलाई आफ्ना प्रेमीले ब्रेकअप दिएका छन् । सोफिया र उनका प्रेमी धेरै समयदेखि प्रेम सम्बन्धमा थिए । तर एकदिन सोफियाले मेकअप नगरेको कारण उनका प्रेमीले नाता तोडिदिएका थिए ।

    २२ वर्षिया सोफिया रेयर हुने रोगबाट पिडित थिइन् जसको कारण उनको मुहार खराव भएको थियो । त्यसकारण उनले घण्टौ लगाएर आफुलाई मेकअपले पुरै परिवर्तन गर्ने गरेको बताइएको छ । एकदिन उनका प्रेमीले सरप्राइज दिनको लागी आउदा सोफियालाई देखेर यस्तो योजना बनाएका थिए ।

    उनलाई लागेको रोगका कारण सोफियाको छाला फुटेर रगत बग्ने गरेको थियो । उनलाई यस्तो समस्या सानैबाट थियो अहिले झन् बढ्दै आइरहेको बताइएको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast