आईतवार, चैत्र २३, २०७६
    धर्म-संस्कृति

    येशुको जन्मोत्सव : मनाइयो ख्रीष्टमस दिवस

    बुधबार, ९ पौष २०७६, आहाखबर

    काठमाडौँ, ९ पुस

    प्रभु येशुको जन्मोत्सव (ख्रीष्टमस) को उपलक्ष्यमा नेपाली इसाईहरूले आज विभिन्न कार्यक्रम आयोजना गरी ख्रीस्टमस दिवस मनाएका छन् । ग्रेगोरियन पात्रो अनुुसार यो दिवस प्रत्येक वर्षको डिसेम्बर महिना २५ तारिखका दिन विश्वभरका क्रिश्चियन धर्मावलम्बीले मनाउँछन् । 

    आजभन्दा २०१९ वर्षअघि इजरायलको वेथलेहममा पिता स्वर्गदूत र माता मरियमका गर्भबाट येशुको जन्म भएको राष्ट्रिय ख्रीष्टियन महासङ्घ, नेपालका अध्यक्ष सिबी गहतराजले राससलाई जानकारी दिनुभयो । येशुको जन्मोत्सवको उपलक्ष्यमा क्रिश्चियन धर्मावलम्बीले प्रभु येशुले समस्त नेपालीको कल्याण गरून् भन्ने कामनासहित देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरेका छन् । हाल नेपालमा १२ हजार ५०० चर्च र ३० लाख भन्दा बढी क्रिश्चियन धर्मावलम्बी रहेको उहाँले बताउनुभयो ।  

    यस अवसरमा शहरका विभिन्न स्थानमा ख्रीष्टमस ट्रि सजाएर राखिएको छ । क्रिश्चियन धर्मावलम्बीले एकापसमा शुभकामना आदानप्रदान गरी दिएका छन् । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast