सोमबार, फागुन १२, २०७६
    लाइफस्टाइल

    जाडोमा छाला चम्किलो र मुलायम बनाउने आठ तरिका

    बुधबार, ९ पौष २०७६, आहाखबर

    काठमाडौं, पुस ९ । 

    चिसो मौसममा छालामा विभिन्न समस्या देखिने गर्छ । जाडो मौसममा हाम्रो छालामा पनि रुखो फुट्ने र सुख्खा हुने समस्या देखिन्छ, कतिपयमा भने छालाको पत्र उप्किने, चिलाउने, सुन्निने, दागहरु आउने समस्यासमेत देखिने गरेको देखिन्छ ।  


    जाडोमा छाला मुलायम र चम्किलो बनाउन यस्ता छन् आठ तरिका 

    १. अनुहार हातले हल्का मसाज गर्ने जसले गर्दा अनुहारमा रक्तसञ्चार भएर छालाको सौन्दर्य कायम राख्छ ।

    २. मौसमी फलफूलहरु सुन्तला, बदाम आदि सेवन गर्ने । 

    ३. छालालाई स्वस्थ्य राख्नेभन्दा हामी छालाको बाहिरी स्यहारमा मात्र ध्यान दिन्छौँ । यद्यपि यसमा आन्तरिक रुपले नै हामी सेचत हुनुपर्छ । स्वस्थ्य र सन्तुलित खानेकुरा सेवन गर्नुपर्छ ।

    ४. प्राणायामजस्ता विधीले पनि शरीरमा पर्याप्त अक्सिजन पुग्छ । यसले छालालाई स्वास्थ्य राख्न सघाउँछ ।

    ५ शरीरमा पानी कम हुन नदिन पर्याप्त मात्रामा पानी वा झोलयुक्त पदार्थ सेवन गर्ने ।

    ६. बाहिर हिँड्नुअघि सन प्रोटेक्सन क्रिम लगाउनुपर्छ । धुलो र धूँवाबाट छालालाई जोगाउन माक्स, स्कार्फ आदिको प्रयोग गर्ने । 

    ७. अनुहारमा तातो पानीको बाफ लिने जसले गर्दा बन्द भएका छिद्र खुल्छन् ।

    ८. मोस्चराइजिङ क्रिम पनि प्रयोग गर्ने आफ्नो छालाको प्रकृतिअनुसार नै त्यसको छनोट गर्ने ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast