मंगलवार, चैत्र २५, २०७६
    सार्क

    सत्ता बाहिर भाजपा : झारखण्डमा मोदी सरकारलाई ठूलो धक्का कसरी ?

    मंगलवार, ८ पौष २०७६, आहाखबर

    एजेन्सी, ८ पुस । 

    अधिकांश राज्यमा सत्ता सञ्चालन गरिरहेको भारतीय जनता पार्टी (भाजपा) ले महत्वपूर्ण राज्यबाट सत्ता गुमाएको छ ।

    झारखण्डमा लगातार ५ पटकसम्म मुख्यमन्त्री भएका रघुबर दास यो पटक भने पराजयको संघारमा पुगेका छन्। 

    भाजपाको तर्फबाट चुनाव लडेका दासले चुनाव हुनुभन्दा अघि  ‘तपाईंको उमेर ६५ वर्ष भन्दा बढी’ भन्ने नारा दिएका थिए । तर उनी अहिले हारको संघारमा उभिएका छन् । सो चुनाव क्षेत्रमा काँग्रेस आइ निकै अगाडि देखिएको । भाजपाको यो ठूलो पराजयका पछाडि अन्य थुप्रै कारणहरू रहेका छन् । 

    गएको शुक्रबार सम्पन्न भएको झारखण्ड विधानसभा चुनावको मतदानपछि सोमबार मतगणना भयो । पाँच चरणमा भएको चुनावी अभियानको क्रममा ४४ सिटसहित सत्तामा रहेको भाजपाले यसपटक ६५ भन्दा बढी सिट जित्ने दाबी गरेको थियो ।

    त्यहाँका जनताले भन्दै आएका छन् कि मुख्यमन्त्री रघुबर दासको व्यक्तिगत छवि पनि यो चुनावी पराजयको एउटा मुख्य कारण हो । 

    ८१ सिटको विधानसभामा भाजपाले यो पटक मात्रै २५ सिटमा जित हाँसिल गरेको छ । अर्थात उसले चुनावी अभियानमा भनेको आँकडाबाट आधा भन्दा पनि कम र अघिल्लो चुनावमा जितेको भन्दा १९ सिट कम जितेको छ ।

    पाँच वर्ष राज्यमा शासन चलाएको भाजपा अब सत्ताबाट बाहिरिएको छ । अब राज्यको सत्तामा कांग्रेस–जेएमएम–राजद गठबन्धन आउने भएको छ । सो गठबन्धनले ४७ सिट जितेको छ र बहुमतका लागि ४१ सिट भए पुग्छ । अन्य पार्टी र स्वतन्त्रका गरी ९ विधायक यो चुनावबाट विजयी भएका छन् ।

     

    हारका केही कारणहरुलाई संक्षिप्तमा यहाँ प्रस्तुत गरिएको छः

    मुख्यमन्त्री रघुबर दासको छवि

    पछिल्ला केही वर्षहरुमा मुख्यमन्त्री दासको व्यक्तिगत छवि बिग्रेको थियो। जनता र पार्टी कार्यकर्ताहरुकै एउटा तप्काले मुख्यमन्त्री अहंकारी भएको आरोप लगाउन थालेका थिए । यसले पार्टी भित्र समेत असन्तुष्टि ल्याएको थियो । उनको यस्तो छबि देखिएपछि भाजपामै रहेका र अहिले रघुबर दासको बिरूद्ध चुनावी मैदानमा भाग लिएका सरयू राईले धेरैपटक पार्टी फोरममा यो मुद्दा उठाएका थिए । तर नेतृत्वले उनको आपत्तिलाई बेवास्ता गरिरहेको थियो । यो मुद्धालाई बेवास्ता गर्दै प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपा अध्यक्ष तथा गृहमन्त्री अमित शाहले रघुबर दासलाई हरेक चोटि पिठ्यूँमा थप्थपाएका थिए । यसैकारण रघुबर दासको विपक्षी शिविरमा आक्रोश बढ्दै गयो। यो विषयलाई बीजेपीको पराजयको सबैभन्दा ठूलो कारण मानिएको छ ।

     

    भूमि कानूनको संशोधन

    आदिवासीहरुको जग्गा अधिकारको रक्षा गर्न छोटानागपुर टेनेन्सी ऐन (सीएनटी) र संथाल परगना टेन्सी ऐन (एसपीटी) लाई संशोधन गर्ने भाजपा सरकारको प्रयासले राज्यका आदिवासीहरुलाई ठूलो असर पुर्‍यायो।  विपक्षीको आलोचनाबीच विधानसभामा पारित संशोधन विधेयकलाई गृहमन्त्रालयले पनि आपत्ति जनाएको थियो । यो विषयमा विपक्षी दलले सडक आन्दोलन समेत गरेको थियो भने राष्ट्रपतिलाई विधेयकमा हस्ताक्षर नगर्न अनुरोध समेत गरेको थियो ।

    विपक्षी दलहरुको आपत्तिपछि राष्ट्रपतिले यो विधेयक फिर्ता गरेका थिए । सरकारले यसलाई फेरि पठाएन र यसलाई संशोधन गर्न सकिएन। त्यसपछि राज्यभरको आदिवासी समाजमा यसको गलत सन्देश गएको थियो । भाजपाले उनीहरूलाई विश्वस्त गराउन सकेन कि यी संशोधनहरू आदिवासीहरूको पक्षमा थिए । 

    जग्गा अधिग्रहण कानून संशोधन गर्ने प्रयास

    जग्गा अधिग्रहण कानूनका केही अंशहरू समाप्त भएपछि यसलाई संशोधन गर्ने प्रयासले आदिवासीहरूलाई थप आक्रोशित बनायो । गोड्डामा एक निजी कम्पनीको पावर प्लान्टका लागि जग्गा अधिग्रहण गर्ने क्रममा जनतामाथि गोली हानेको आरोप विपक्षले सरकारमाथि लगाएको छ । यो काण्डमा नक्कली ग्रामसभाको आधारमा आदिवासी र दलितको जग्गा जबरजस्ती अधिग्रहण गरेको आरोप लगाइएको थियो। सरकारले त्यहाँ यो विषयमा व्यापक विरोध हुनेछ र यसले जनताको रीस ह्वात्तै बढाउनेछ भन्ने कुरा बुझ्न सकेको थिएन । 

     

    भोकमरी र गरिबी 

    विगत ५ बर्षमा झारखण्डका विभिन्न स्थानमा भोकले गर्दा भएका अल्पसंख्यकहरुसँगको भीडन्तमा धेरै व्यक्तिको मृत्यु भएका घटनाहरूले पनि भाजपा सरकारलाई ठूलो धक्का लाग्यो। त्यसपछि जनताले महसुस गरे कि यो सरकार अल्पसंख्यकको बिरूद्ध काम गरिरहेको छ। यस समयमा मुस्लिम र इसाईहरूमाथि आक्रमण हुने र हत्याको घटनाहरूका कारण पनि सरकारका लागि प्रत्युपादक भैदियो । सामाजिक कार्यकर्ताहरूले देशभरि यो कुरा उठाए । विपक्षीले यसलाई चुनावी अभियानको एक हिस्सा बनायो र रघुवर दासको सरकारले दिएको जवाफले जनतालाई खुशी पार्न सकेन। धर्मान्तर कानुनसम्बन्धी मुख्यमन्त्रीको सार्वजनिक अभिव्यक्तिले गर्दा इसाई समुदायमा ठूलो आक्रोश देखिएको थियो। 

     

    बेरोजगारी र ब्यूरोक्रेसी

    विगत ५ बर्षमा बेरोजगारी र नोकरशाही अभियानविरुद्ध रघुबर दासको सरकारको नीति पनि भाजपाको बिरूद्ध गयो । यसले मतदाताहरूको ठूलो पंक्तिलाई रीस उठायो र यो मुद्दा निर्वाचनमा निर्णायक बनिदियो । यही कारणले प्रधानमन्त्री नरेन्द्र मोदीको ९, अमित शाहको ११ र रघुवर दासको नेतृत्वमा भएका ५१ वटा सभाका बावजुद पनि भाजपाले शक्ति हासिल गर्न सकेन ।

    यसले जनतालाई पनि थप आक्रोशित तुल्यायो र प्रधानमन्त्रीले उठाएका धारा ३७०, राम मन्दिर र नागरिकता संशोधन विधेयक जस्ता विषयमा चर्को बहस चल्यो । अर्कोतर्फ, झारखण्ड मुक्ति मोर्चाले सबै स्थानीय मुद्दाहरुमा अभियान चलायो। यसकारण झारखण्डबाट भाजपा सरकारको अन्त हुने अवस्था आएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

    भाजपाले यो एक वर्षको अवधिमा पाँच राज्यमा हारको सामना गर्नु परेको छ । तर यी पाँच राज्यमा उसको सिट तथा भोट प्रतिशतमा खासै कमी भने आएको छैन ।

    नरेन्द्र मोदी र अमित शाहको नेतृत्वको जादू यी राज्यमा चल्न सकेन ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast