आईतवार, चैत्र २३, २०७६
    अध्यात्म चर्चा

    बिहीबार खण्डग्रास सूर्य ग्रहण, ग्रहण झण्डै तीन घण्टा रहने

    सोमबार, ७ पौष २०७६, आहाखबर

    काठमाडौँ, ७ पुस

    पुस १० गते (बिहीबार) बिहान खण्डग्रास सूर्यग्रहण लाग्ने भएको छ । नेपाली समय अनुसार बिहान ८ः४२ बजे सूर्य ग्रहण शुरु हुनेछ भने १०ः०१ बजे मध्य हुने र ११ः३१ बजे सूर्य ग्रहण सकिनेछ । ग्रहणको अवधि २ घण्टा ४९ मिनेट हुनेछ । 

    खण्डग्रास सूर्यग्रहण पश्चिम र दक्षिणको बीच भागबाट शुरु भएर पूर्व र दक्षिणको बीचबाट सकिनेछ । खण्डग्रास सूर्य ग्रहण नेपाल, भारत, श्रीलंका लगायत एशियाका सबै देशबाट देख्न सकिनेछ भने हिन्द महासागर, मलेशिया, पूर्वी यूरोप, उत्तर/पश्चिम अष्ट्रेलिया, पूर्वी अफ्रीका लगायत अधिकांश भागबाट देख्न सकिनेछ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast