शनिबार, फागुन १०, २०७६
    कला-सौन्दर्य

    झगडा परेको २ बर्षपछि अन्ततः सलमानले मिलाए कपिल र सुनीललाई !

    आईतवार, ६ पौष २०७६, आहाखबर

    काठमाडौँ, ६ पुस

    २० डिसेम्बरमा सोहेल खानको जन्मदिनको दिन खान परिवारले ग्यालेक्सी अपार्टमेन्टमा भव्य पार्टी आयोजना गरे। यस पार्टीमा सलमान खानले सुनील ग्रोभर र कपिल शर्मालाई पनि बोलाएका थिए। दुबै भोजमा आइपुगे र  सलमान खानसँग तस्वीर पनि खिचाए ।

    गत बर्ष विमानमा झगडा भएपछि कपिल र सुनीलसँगै देखिएको यो पहिलो तस्वीर हो। सलमान खान दुवैलाई सँगै ल्याउने भुमिका निभाउदै आएका छन् । यो तस्वीर कपिल शर्माले आफ्नो सोशल मिडियामा शेयर  गरेका छन्। क्याप्शनमा उनले लेखेका छन्, 'भाइहरूको रात ... जन्मदिनको शुभकामना सोहेल खान भाई। '

    कपिलले सलमान र सुनीललाई पनि यो फोटोमा ट्याग गरेका छन्। 

    कपिल शर्मा हालै एक छोरीकी बुबा भइसकेका छन। यस अवसरमा सुनीलले ट्वीट गरी बधाई दिएका थिए । सुनीलले भने, 'बधाई छ। प्रेम र आशीर्वाद। ' अब दुबैको गुनासो समाप्त भएको आशा गरिएको छ । साथै सुनील चाँडै कपिलको शोमा देखा पर्ने विश्वास लिइएको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast